विद्यार्थी र अभिभावकबीच पिएमसीको क्यालेण्डर विमोचन

पाेखरा | चैत ३०, २०७९

विद्यार्थी र अभिभावकबीच पिएमसीको क्यालेण्डर विमोचन

पोखराको नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पसले आज नयाँ वर्ष २०८० को शैक्षिक क्यालेण्डर विमोचन गरेको छ । 

 

क्याम्पसले औपचारिक कार्यक्रमको आयोजना गर्दै अभिभावक र विद्यार्थीबीच क्यालेण्डर विमोचनसहित नयाँ वर्षको शुभकामनासमेत बाँड्यो । 

 

‘हामी समस्त अभिभावक र विद्यार्थीलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दछौं’ क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले भने ‘नयाँ वर्षले ल्याउने उमंग र उत्साहले शैक्षिक उन्नयनमासमेत सफलता हात पारोस् ।’

 

क्याम्पसले गूणस्तरीय शिक्षा र सामुदायिक योगदानमा भूमिका खेलिरहेको बताउँदै अध्यक्ष लालचनले विद्यार्थीमात्र हैन अभिभावको लगावले पनि शिक्षामा महत्वपुर्ण भूमिका खेल्ने उल्लेख गरे । 

 

सोही अवसरमा क्याम्पस प्रमुख शिशुकला पराजुलीले विद्यार्थी, अभिभावक र प्राध्यापकबीच शुभकामना बाँड्दै सबैले आ–आफ्नो भूमिका व्यावसायिक र जिम्मेवार भई पुरा गनुपर्ने स्मरण गरिन् । 

 

‘जिम्मेवारी नै सफलताको मानक हो’ प्रमुख पराजुलीले भनिन् ‘नयाँ वर्षमा क्यालेण्डरमात्र फेरिने छैन, हाम्रो जिम्मेवारी र विद्यार्थीको कत्र्तव्य पनि फेरिनेछ, सबैलाई शुभकामना ।’

 

बिहानी सत्रमा स्नातकतहतर्फ व्यवस्थापन र मानविकीका कक्षाहरु सञ्चालन गरिरहेको क्याम्पसले आगामी सत्रबाट अन्य संकाय थप्ने जनाएको छ । 

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्